एपि वान च्यानलमा प्रसारण भर्इ रहेकाे नेपाल अार्इडल कार्यक्रममा तहल्का मच्चार्इ रहेका सागर अाले Top 4 मा सजिलै प्रवेश गरेका छन्। निर्णायककाे निर्णय र दर्शकहरूले पठाएकाे भाेटकाे अाधारमा सागर अाले मगर नेपाल अार्इडलकाे Top 4 मा अाफ्नाे स्थान सुरक्षित गर्न सफल भएका हुन्। सागर अाले मगर नेपाली संगीतिक क्षेत्रमा अाफ्नाे राज गरिरहेका केहि नयाँ पुराना गायक गायिकाहरूका लागि चुनाैती बन्न सक्छन्। हेराैं सागर अाले मगरकाे फाेटाे फिचरः
Saturday, August 26, 2017
Tuesday, April 25, 2017
"अाउँछु भन्दै बिते वर्षाैं महिना"
गायक तथा सर्जक गजेन्द्र पुन मगर विदेशमा रहेर पनि नेपाली गीत संगीत र नेपाली कला संस्कृतिकाे जगेर्ना, प्रचार प्रसारकाे साथै संरक्षण र सम्वर्धन गर्न अग्रसरता देखाउने एउटा सच्चा कुशल गायक तथा सारङ्गी बादक पनि हुनुहुन्छ। उहाँ सानै उमेर देखि अाफ्नै गाउँ ठाउँमा मनाइने चाडपर्व, मेला महाेत्सवमा हुने हरेक सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुँदै अाफ्नाे कला काैशल प्रस्तुत गर्दै अाज एउटा सफल सर्जककाे रुपमा अाफूलाई स्थापित गराउने माेडमा पुग्नु भएकाेछ। उनै गायक तथा सर्जक गजेन्द्र पुनकाे शब्द तथा लय सृजनामा विदेशी भूमिमा रहेर उज्ज्वल भविष्यकाे खाेजिमा रहेका नेपालीहरू र उनीहरूकै घरपरिवारकाे कथा व्यथालाई समेटेर तयार पारेकाे मार्मिक लाेकदाेहाेरी गीतिसंग्रह "अाउँछु भन्दै बिते वर्षाैं महिना" काे प्राेमाे. YouTube channel "MCPL Nepal" मार्फत सार्वजनिक भएकाे छ।
चर्चित गायक सञ्जय परियार र चर्चित गायिका अमृता श्रीपालकाे अावाज रहेकाे यस गीतकाे बजार व्यवस्थापन सर्जक अाफैंले गर्नु भएकाे छ भने कुशल पुन मगर, गायक सञ्जय परियार र "MCPL Nepal" का प्रबन्धक किरण थापा मगरले विशेष सहयाेग गर्नु भएकाे छ। उहाँकाे भनाई अनुसार यस गीतकाे शुटिङकाे काम पनि अगाडि बढि सकेकाेले भिडियाे हेर्ने अवसर पनि छिट्टै प्राप्त हुनेछ। सर्जक गजेन्द्र पुनले अाफूलाई सहयाेग गर्नुहुने सबैलाई यसै मिडिया मार्फत धन्यवाद दिनुकाे साथै नेपाली लाेक गीत संगीतलाई सधैं माया गर्न र संरक्षणमा लाग्न अनुराेध गर्नु भएकाेछ।
Subscribe to:
Posts (Atom)
सागर अाले नेपाल अाईडल बन्ने कुराकाे भविष्यवाणी
एपि वान च्यानलमा प्रसारण भर्इ रहेकाे नेपाल अार्इडल कार्यक्रममा तहल्का मच्चार्इ रहेका सागर अाले Top 4 मा सजिलै प्रवेश गरेका छन्। न...